आत्महत्या दुरुत्साहनमा पक्राउ परेका गायक बाबुल गिरी ३ लाख धरौटीमा रिहा

काठमाडौं, ५ मंसिर । आत्महत्या दुरुत्साहनको कसुरमा पक्राउ परेका गायक तथा संगितकार बाबुल गिरी धरौटीमा रिहा भएका छन् ।

गिरी बुधबार हिरासतबाट ३ लाख धरौटीमा रिहा भएका हुन् । गायिका नितु पौडेल मृत भेटिएपछि प्रहरीले गिरीमाथि अनुसन्धान अघि बढाएको थियो । नितु गिरीकै अनामनगरस्थित स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् ।

काठमाडौं जिल्ला अदालतले तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *