पृथ्वी राजमार्गमा एकतर्फी यातायात, आजदेखि पूर्ण सञ्चालन हुने

काठमाडौं, १४ असोज । अविरल वर्षाका कारण पहिरो र सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्गमा सवारी आवागमन सहज बन्दै गएको छ ।

धादिङका विभिन्न स्थानमा सडकमा खसेको पहिरो तथा भासिएका सडकखण्डको अवरोध हटाउने काम भइरहेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । हाल राजमार्गमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन् ।

प्रशासनका अनुसार थप पहिरो वा अन्य अवरोध नआए बुधबार दिउँसो १ बजेदेखि पृथ्वी राजमार्गमा सबै प्रकारका सवारीसाधन पूर्ण रूपमा सञ्चालन गर्न सकिनेछ ।

वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले जुनसुकै समयमा पहिरो खस्न सक्ने भन्दै प्रशासनले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *