दृष्टिविहिन क्रिकेटलाई दस लाखसहित क्यानको सम्मान
काठमाडौँ, ९ मङ्सिर । नेपाल त्रिकेट संघ (क्यान)ले प्रथम दृष्टिविहिन महिला टी–२० क्रिकेट विश्वकप क्रिकेट प्रतियोगिताको उपविजेता बनेको नेपाली टिमलाई सम्मानसँगै नेपाल दृष्टिविहिन क्रिकेट संघलाई दस लाख रुपियाँ पुरस्कार प्रदान गरेको छ ।
दुई दिनअघि कोलम्बोस्थित पि. साराभानमुटु क्रिकेट रङगशालामा भएको फाइनलमा भारतसँग फाइनलमा पराजित भएपछि नेपालले उपविजेतामा चित्त बुझाएको थियो ।