एन्फा महिला राष्ट्रिय लिगको खेल तालिका सार्वजनिक

काठमाडौँ, २० पुस । सहिद स्मारक एन्फा महिला राष्ट्रिय लिग २०२५ को ‘ खेलतालिका सार्वजनिक गरिएको छ । सो प्रतियोगिता फागुन २४ गते सुरु हँदैछ ।

महिला राष्ट्रिय लिगमा न्यू रोड टिम, त्रिभुवन आर्मी एफसी, बागमती युथ क्लब, नेपाल पुलिस क्लब, वालिङ नगरपालिका, एपीएफ एफसी, चर्च ब्वाइज युनाइटेड, आरएस पोखरा, झापा एफसी र संकट एफसी गरी दस टोली सहभागी छन् । लिग चरणपछि शीर्ष छ टोली सुपर सिक्समा पुग्ने प्रावधान रहेको छ । सुपर सिक्सबाट शीर्ष चार टोली प्लेअफमा पुग्ने बाइएको छ ।