अभ्यास खेलमा नेपालले अमेरिकालाई हरायो
काठमाडौँ, पुस २७ गते । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटका लागि भएको अभ्यास खेलमा नेपालले आइतबार अमेरिकालाई चार विकेटले हराएको छ ।
मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा सात विकेट गुमाएर १५७ रन बनाएको थियो । नेपालले १९ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ४९ रन रपूजा महतोले अविजित ४३ रन बनाए । यसैगर काजल श्रेष्ठले २८ तथा कविता जोशीले १२ रनको उपयोगी पाल खेले ।
अमेरिकाका लागि तारा नोरिस र लेखा शेट्टीले दुई–दुई तथा तरानुम चोपराले एक विकेट लिए ।
यसअघि अमेरकाका लागि एला क्लारिजले सर्वाधिक ३९ रन बनाएकी थिइन् । पूजा गनेसले पनि २२ रनको उपयोगी पालि खेलिन् ।
नेपालका लागि मनिषा उपाध्यायले दुई तथा कविता कुँवर, कविता जोशी, रिया शर्मा र रचना चौधरीर्ले क–एक विकेट लिए ।
यसअघि नेपालले स्कटल्यान्डसँगको अभ्यास खेलमा पराजय वेहोरेको थियो ।