आईसीसी महिला टि-२० विश्वकप क्वालिफायरमा उत्कृष्ट प्रदर्शनकर्तालाई नगद पुरस्कार घोषणा
काठमाडौँ, पुस २८ गते । आईसीसी महिला टि-२० विश्वकप क्वालिफायर अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई अमरावती बुटिक होटलले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।
घोषणाअनुसार प्रतियोगिताभरि सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीलाई रु. ५०,००० र सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडीलाई रु. ३५,००० नगद पुरस्कार प्रदान गरिनेछ।
अमरावती बुटिक होटलका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले महिला क्रिकेटलाई प्रोत्साहन गर्न यो घोषणा गरेको बताएका छन्। आईसीसी महिला टि-२० विश्वकप क्वालिफायर माघ ४ गते देखि १८ गतेसम्म हुनेछ।