नेपाली राष्ट्रिय टिमको बलिङ प्रशिक्षकमा अस्ट्रेलियाका पूर्व अलरान्डर हार्भी
काठमाडौँ, माघ १ गते । नेपाल क्रिकेट संघ (क्यान) ले बिहिबार अस्ट्रेलियाका पूर्वअन्तर्राष्ट्रिय अलराउन्डर इयान हार्भीलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ सल्लाहकार प्रशिक्षक नियुक्त गरेको छ ।
क्यानले भारत र श्रीलङकामा संयुक्तरुपमा आयोजना हुने आइसीसी टी–२० विश्वकपलाई लक्षित गर्दै हार्भीलाई भित्र्याएको हो । सन् २००३ मा अस्ट्रेलियाले एकदिवसीय विश्वकपको उपाधि जित्दा हार्भी टिमका महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो ।