आगामी निर्वाचनका लागि एमालेको रणनीति: ‘छरितो घोषणापत्र’ र आक्रामक चुनावी अभियान

काठमाडौँ, २० माघ । नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो प्रचार रणनीतिमा परिवर्तन गर्दै यसपटक ‘छरितो घोषणापत्र’ ल्याउने भएको छ।

लामा र सैद्धान्तिक विषयभन्दा पनि कार्यान्वयन गर्न सकिने ‘कार्यमूलक सुधार’ लाई प्राथमिकता दिँदै एमालेले घोषणापत्र तयार पारिरहेको छ।

पार्टी उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङका अनुसार, यसपटकको घोषणापत्रमा जनताका प्रत्यक्ष सरोकारका मुद्दा र मुलुकको समृद्धिका लागि चालिने ठोस कदमहरूलाई मात्र समेटिनेछ। “हामी धेरै ठूला र पूरा नहुने आश्वासनभन्दा पनि जनताले तत्काल महसुस गर्ने सुधारका एजेन्डाहरू लिएर जाँदैछौँ,” उहाँले भन्नुभयो।

आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनलाई लक्षित गर्दै एमालेले आफ्नो सम्पूर्ण साङ्गठनिक शक्ति देशभर परिचालन गरिसकेको छ। उपाध्यक्ष गुरुङले पार्टीको चुनावी अभियान अहिले देशव्यापी रूपमा ‘आक्रामक’ ढङ्गले अघि बढिरहेको र घोषणापत्र सार्वजनिक भएसँगै यसले थप गति लिने जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *