इँटाभट्टाको पर्खाल भत्किँदा ललितपुरमा एक मजदुरको मृत्यु, ४ घाइते

काठमाडौं, ८ चैत्र । ललितपुरको हरिसिद्धीस्थित एक इँटाभट्टाको पर्खाल भत्किँदा च्यापिएर एक जना महिला मजदुरको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार, ललितपुर महानगरपालिकाअन्तर्गत हरिसिद्धीमा सञ्चालित ‘होसना इँटाभट्टा’को पर्खाल एक्कासि भत्किँदा रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको ज्यान गएको हो।

पर्खाल भत्किँदा त्यहाँ कार्यरत अन्य चार जना महिला मजदुर घाइते भएका छन्। घाइते हुनेहरूमा जानकी चन्द (२७ वर्ष) रुकुम, शान्ति कुँवर (२७ वर्ष) सल्यान, नन्दकुमारी मगर (४६ वर्ष) रोल्पा, सुमा कुमाल (१९ वर्ष), दाङका रहेका छन् ।

प्रहरीका अनुसार उद्धार गरिएका सबै घाइतेहरूलाई उपचारका लागि भैंसेपाटीस्थित मेडिसिटी अस्पताल पठाइएको छ। घटना कसरी भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।