राष्ट्रियसभा र प्रतिनिधि सभाका आफ्नो दलबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग एमालेको छलफल

काठमाडौं, १२ चैत । नेकपा (एमाले)ले राष्ट्रियसभा सांसद र प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको बैठक आह्वान गरेको छ। बिहीबार सांसदहरूको शपथपछि दिउँसो ३ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा राष्ट्रिय सभाका सांसद सहितको बैठक बोलाइएको हो । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको शपथ सिंहदरबारमा सम्पन्न भएसँगै च्यास पुगेका छन् भने अहिले बैठक जारी छ । प्रतिनिधि सभामा एमालेका २५ सांसद छन्।