बालेन्द्र शाह रास्वपा संसदीय दलको नेता चयन : केन्द्रीय कार्यालयमा बैठक सुरु

काठमाडौँ,  चैत १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आजदेखि पार्टीको केन्द्रीय कार्यालय चमतीमा प्रारम्भ भएको छ । आजै बसेको पार्टीको केन्द्रीय समितिको बैठकले बालेन्द्र शाहलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेलगत्तै दलको बैठक सुरु भएको हो ।

पार्टीका प्रवक्ता मनिष झाले बैठकका बारेमा जानकारी दिँदै संसदीय दलको बैठकमा केन्द्रीय समितिका सदस्यहरूलाई समेत सहभागी गराइएको बताउनुभयो । बैठकमा पार्टी सभापति रवि लामिछानेले संसदीय दल गठनका सम्बन्धमा केन्द्रीय समितिबाट पारित भएको विशेष प्रस्ताव प्रस्तुत गर्नुभएको प्रवक्ता झाले जानकारी दिनुभयो ।

यस बैठकले संसदीय दलको आगामी कार्ययोजना र संसद्मा पार्टीको भूमिकाका विषयमा आवश्यक छलफल गरी ठोस निर्णय लिने बताइएको छ ।