एमाले सचिवालय बैठक च्यासलमा जारी
काठमाडौं, १७ चैत । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी शर्मा ओली पक्राउपछि पार्टीका रणनीति र समसामयिक राजनीतिमा छलफल केन्द्रित रहने बताइएको छ । सँगै अहिलेसम्मको आन्दोलनको समीक्षा पनि बैठकमा हुनेछ ।
ओली पक्राउपछि एमालेको सचिवालय बैठक बसेको यो दोस्रोपटक हो । गत शनिबार ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको सचिवालय बैठकले विरोधका कार्यक्रम तय गरेको थियो ।
पार्टी कार्यालय च्यासलमा आज जारी बैठकमा पार्टीका आगामी कार्यक्रमबारे छलफल हुने एक नेताले जानकारी दिए । संसदीय दलको नेता चयनको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।