गोली चलाएर पिङ्गलास्थानबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं, २४ चैत । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गए राति काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ।

ब्यूरोका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ परेका व्यक्तिहरू भारतीय नागरिक हुन् र करिब एक किलो बढी खैरो हेरोइनसमेत बरामद गरिएको छ।

उहाँले बताउनुभयो, “विशेष सूचनाका आधारमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने प्रयास गर्दा तिनीहरूले गोली चलाए, सो क्रममा बिहार मधुवनी जिल्ला घर भएका करिब ३०–३५ वर्षीय अनिलकुमार पासवान घाइते भएका छन्।”

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा थप अनुसन्धान जारी रहेको जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *