कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन
काठमाडौँ, १४ वैशाख । नेपाली कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत रूपमा चयन भएका छन्। सोमबार बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो।
कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले दलको बैठकबाट आङ्देम्बे निर्विरोध निर्वाचित भएको जानकारी दिए। निर्वाचित भएलगत्तै पार्टी सभापति गगनकुमार थापाले आङ्देम्बेलाई संसदीय दलको नेताको प्रमाणपत्र हस्तान्तरण गरेका छन्।
निवर्तमान सहमहामन्त्रीसमेत रहेका आङ्देम्बे समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्य (सांसद) निर्वाचित भएका हुन्। पार्टीभित्रको चरणबद्ध आन्तरिक छलफलपछि उनको नाममा सर्वसम्मत सहमति जुटेको हो।