राष्ट्रपतिद्वारा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश जारी

काठमाडौँ,  वैशाख १७ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गर्नुभएको छ। मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले आज उक्त अध्यादेश जारी गर्नुभएको हो। राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै संवैधानिक व्यवस्था अनुसार नयाँ अध्यादेश प्रमाणीकरण भएको जानकारी दिएको छ ।