रोल्पाकाे जलजला भिरबाट खस्यो जीप : दुर्घटनामा १७ जनाको मृत्यु

रोल्पा, १७ वैशाख । रोल्पाको थवाङस्थित पर्यटकीय क्षेत्र जलजलामा बिहीबार साँझ भएको जीप दुर्घटनामा परी १७ जनाको ज्यान गएको छ।

प्रहरीका अनुसार रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप अनियन्त्रित भई भिरबाट खसेको हो। दुर्घटनामा परेर १७ जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटना निकै अप्ठ्यारो भिरमा भएकाले उद्धार कार्यमा केही कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पा र नजिकैको प्रहरी चौकीबाट टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *