इरानविरुद्ध अमेरिकाको लगातार आक्रमणपछि इरान पनि बदला लिदैँ, विश्व अशान्त बन्ने संकेत

एजेन्सी । अमेरिकाले इरानविरुद्धको आक्रमणलाई तेज बनाएको छ । अमेरिकी सेनाले पछिल्लो समय इरानविरुद्ध लगातार आक्रमण गर्दै इरानका करिब ९० स्थानहरूलाई निसाना बनाएको विभिन्न न्युज एजेन्सीहरुले समाचारमा उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल ‘एक्स’ मा आक्रमणका भिडियोहरू सार्वजनिक गर्दै यूनाइटेड स्टेट्स सेंट्रल कमाण्डले पनि ती आक्रमणहरूको उद्देश्य होर्मुज जलसन्धिमा व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई कमजोर पार्नु रहेको उल्लेख गरेको छ ।

अमेरिकी सेनाले निसाना बनाइएका स्थानहरूमा इरानका तटीय क्षेत्रमा रहेका हवाई प्रतिरक्षा प्रणाली, तटीय निगरानी उपकरण, क्षेप्यास्त्र तथा ड्रोन भण्डारण केन्द्र, नौसैनिक क्षमता र महत्वपूर्ण पूर्वाधारहरू रहेका छन् । सेन्ट्रल कमाण्डले यी पछिल्ला आक्रमणहरू गएराति इरानमा सञ्चालन गरिएका सफल आक्रामक कारबाहीहरूकै निरन्तरता भएको पनि उल्लेख गरेको छ ।

यता इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी रातारात जवाफी आक्रमण गरेको पुष्टि गरेको छ। उस्ले यस कारबाहीलाई युद्धविरामको उल्लंघन गरेकोमा अमेरिकालाई दिइएको सजायको चेतावनी दिएको छ ।

यदि अमेरिकी आक्रमणहरू जारी रहे इरानले यस क्षेत्रमा रहेका अन्य अमेरिकी अखडाहरूलाई पनि निशाना समेत चेतावनी दिएको छ । यी दुबैतर्फका चेतावनीले विश्व फेरि असान्त बन्ने संकेत देखिएको छ ।