सर्लाहीका मण्डलको पनि आत्मदाह प्रयास, उपचारका लागि काठमाडौं ल्याउने तयारी

काठमाडौं, असार २६ । काठमाडौंमा मुगुका गणेश नेपालीको आत्मदाहपछि मृत्यु भएको खवर सेलाउन नपाउँदै सर्लाहीको गोडैता नगरपालिकामा पनि विवेक मण्डलले आत्मदाह प्रयास गरेका छन् । ३५ वर्षीय मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गर्नुभएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मण्डलको पनि अधिकांश शरीर जलिसकेको छ । मण्डललाई अहिले हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी गरिएको छ । घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएको प्रहरीले जानकारी दिएको छ ।