रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

काठमडाौँ, साउन २९ ।  रोल्पा जिल्लामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको लुङ्ग्री गाउँपालिका–१ खदर निवासी ५९ वर्षीय वीरबहादुर खत्रीको चट्याङ लागेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार बिहीबार राति आफ्नै घरमा बसिरहेको अवस्थामा खत्रीलाई चट्याङ लागेको थियो ।

चट्याङ लागेर गम्भीर घाइते भएका खत्रीलाई तत्काल उपचारका लागि स्थानीय स्वास्थ्य संस्था पुर्‍याइएको भए तापनि उपचारकै क्रममा उनको निधन भएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो समय यस क्षेत्रमा वर्षासँगै चट्याङका घटनामा वृद्धि हुन थालेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।