आजको वैदेशिक मुद्राको विनिमय दर यस्ताे छ, डलर १५३ रुपैयाँ माथि

काठमाडौँ, २९ साउन । नेपाल राष्ट्र बैंकले साताको अन्तिम दिन शुक्रबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर र कतारी रियालसहित धेरैजसो विदेशी मुद्राको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा कायम भएको छ।

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४६ पैसा रहेको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा तोकिएको छ।

वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य रहेका मुलुकका मुद्राहरूको विनिमय दर निम्न अनुसार छ:
कतार रियाल: खरिद ४१ रुपैयाँ ८० पैसा, बिक्री ४१ रुपैयाँ ९७ पैसा।
साउदी रियाल: खरिद ४० रुपैयाँ ५९ पैसा, बिक्री ४० रुपैयाँ ७५ पैसा।
युएई दिराम: खरिद ४१ रुपैयाँ ५० पैसा, बिक्री ४१ रुपैयाँ ६६ पैसा।
मलेसियन रिङ्गेट: खरिद ३७ रुपैयाँ २९ पैसा, बिक्री ३७ रुपैयाँ ४४ पैसा।
कुवेती दिनार: खरिद ४९६ रुपैयाँ ०५ पैसा, बिक्री ४९८ रुपैयाँ ०० पैसा।

अन्य मुद्राको दर:
अष्ट्रेलियन डलर: खरिद १०७ रुपैयाँ ५६ पैसा, बिक्री १०७ रुपैयाँ ९८ पैसा।
चिनियाँ युआन: खरिद २२ रुपैयाँ ६० पैसा, बिक्री २२ रुपैयाँ ६९ पैसा।
जापानी येन (१०): खरिद ९ रुपैयाँ ५६ पैसा, बिक्री ९ रुपैयाँ ६० पैसा।
भारतीय रुपैयाँ (१००): खरिद १६० रुपैयाँ, बिक्री १६० रुपैयाँ १५ पैसा।

नेपाल राष्ट्र बैंकले तोकेको यो दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने राष्ट्र बैंकको दरभन्दा केही फरक हुन सक्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *