सुन ताेलामा १६०० ले बढ्यो, चाँदी पनि महँगियो
काठमाडौँ, १ भदौ । नेपाली बजारमा भदौ महिनाको पहिलो दिन नै सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको हो।
महासङ्घले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। चाँदी तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७७० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावका कारण नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष असर परेको व्यवसायीहरूले बताएका छन्।