सुनसरीमा मोटरसाइकल दुर्घटनमा २ जनाको मृत्यु
काठमाडौं, २८ भदौ । मोटरसाइकल दुर्घटनमा २ जनाको मृत्यु भएको छ । इटहरीबाट इनरुवा जाँदै गरेको मोटरसाइकल इटहरी ७ र १७ को सिमानामा रहेको कल्भर्टमा अनियन्त्रित भएर पल्टँदा २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा इनरुवा–३ का २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी छन् । सागर जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत कर्मचारी भएको प्रहरीले जानकारी दिएको छ ।
सागर सुनसरीका प्रमुख जिल्ला अधिकारीका स्वकीयको रुपमा कार्यरत हुनुहुन्थ्यो भने पारस पनि जिल्ला प्रशासन कार्यालयमा करारका कर्मचारी हुनुहुन्थ्यो । पारसले केही समयअघि राजीनामा दिनुभएको थियो । दुर्घटनामा घाइते भएका दुबैलाई उपचारका लागि राति नै वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उनीहरुलाई विहान ५ बजे मृत घोषणा गरिएको थियो ।
