अमेरिकाले पहिलोपटक अन्तरिक्षमा आफ्ना हतियार तैनाथ गरेको पुष्टि, चीन र रूसलाई कडा सन्देश

 

वाशिङटन । संयुक्त राज्य अमेरिकाले अन्तरिक्षमा हतियारहरू तैनाथ गरेको र अमेरिकी सेनाको रक्षाका लागि तिनको प्रयोग गर्ने औपचारिक रूपमा पुष्टि गरेको छ। कक्ष (Orbit) मा यस्ता किसिमका हतियारहरू राखिएको कुरा सार्वजनिक रूपमा स्वीकार गरिएको यो पहिलो पटक हो। यसलाई अन्तरिक्षमा सम्भावित खतरा पैदा गर्ने राष्ट्रहरूका लागि अमेरिकाले दिएको एक कडा र सुविचारित सन्देशका रूपमा हेरिएको छ।

मर्िल्याण्डको नेशनल हार्बरमा आयोजित वार्षिक ‘एयर, स्पेस एन्ड साइवर कन्फरेन्स’ लाई सम्बोधन गर्दै एयर फोर्सका सचिव ट्रोय मिन्कले भने, “बदलिँदो सुरक्षा चुनौतीहरूको सामना गर्न हामी सधैँ तयार छौं। यही कारणले गर्दा अमेरिकाले अहिले शत्रु पक्षका सम्भावित आक्रामक गतिविधिविुद्ध संयुक्त फौजको रक्षा गर्न सक्षम ‘अन-अर्बिट स्पेस कन्ट्रोल हतियार’ हरू अन्तरिक्षमा तैनाथ गरेको छ।”

तथापि, सचिव मिन्कले ती हतियारहरूको विस्तृत विवरण दिन अस्वीकार गरे र तिनीहरूलाई कहिले कक्षमा पठाइएको थियो भन्ने बारेमा पनि कुनै खुलासा गरेनन्।

चीन र रूसको बढ्दो चुनौतीबीच यो कदम

राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१९ मा एयर फोर्स अन्तर्गत गठन गरेको ‘यूएस स्पेस फोर्स’ (US Space Force) लाई अमेरिकाको रक्षा क्षमता सुदृढ पार्ने ऐतिहासिक कदमका रूपमा जोड दिँदै आएका छन्। चीन र रूसले अन्तरिक्षमा अमेरिकी वर्चस्वलाई चुनौती दिइरहेका बेला अमेरिकाले यो कदम चालेको हो।

स्पेस फोर्सको वेबसाइटमा उल्लेख भए अनुसार चीनले सैन्य आधुनिकीकरण रणनीतिको एक हिस्साको रूपमा अन्तरिक्ष र काउन्टर-स्पेस क्षमताहरूको विकास गरिरहेको छ। यता, रूसले पनि अन्तरिक्षलाई युद्धको भूमिया (Warfighting Domain) का रूपमा हेर्दै भविष्यका द्वन्द्वहरूका लागि अन्तरिक्षमा प्रभुत्व जमाउनु निर्णायक हुने विश्वास गर्दै आएको छ।

अमेरिकी गुप्तचर निकायका अनुसार रूसले व्यावसायिक र सरकारी स्याटेलाइटहरूलाई नष्ट गर्न सक्ने क्षमताको अन्तरिक्षमा आधारित आणविक हतियार (Electromagnetic Pulse हतियार) विकास गर्ने प्रयास गरिरहेको छ, यद्यपि मस्कोले यो दाबी खारेज गर्दै आएको छ। यस्ता हतियारले मौसम पूर्वसूचना, आपत्कालीन सेवा, ग्लोबल नेभिगेसन प्रणालीदेखि बैंकिङ र कार्गो ढुवानीसम्म असर पार्न सक्ने खतरा छ।

बाह्य अन्तरिक्ष सन्धिको दायरा र ट्रम्पको महत्त्वाकांक्षी योजना

सन् १९६७ को बाह्य अन्तरिक्ष सन्धि (Outer Space Treaty) ले कक्षमा आणविक हतियार वा आम विनाशकारी हतियार राख्न प्रतिबन्ध लगाएको छ, तर यसले अन्तरिक्षमा पारम्परिक (Conventional) हतियारहरूको प्रयोग वा अन्तरिक्षस्थित सम्पदाविरुद्ध जमिनबाट प्रहार गरिने हतियारहरूलाई भने स्पष्ट रूपमा निषेध गरेको छैन।

गत डिसेम्बरमा राष्ट्रपति ट्रम्पले अन्तरिक्षमा अमेरिकी श्रेष्ठता कायम गर्ने उद्देश्यसहित एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। यो आदेश ट्रम्पको प्रस्तावित ‘गोल्डेन डोम’ (Golden Dome) क्षेप्यास्त्र रक्षा प्रणालीसँग जोडिएको छ, जसको माध्यमबाट अमेरिकाले विश्वको जुनसुकै कुनाबाट प्रहार हुने मिसाइललाई बीचमै रोक्न (Intercept) सक्ने दाबी गरिएको छ। पेन्टागनले सन् २०२८ को चुनावअघि यसको पहिलो ठूलो परीक्षण गर्ने तालिका बनाएको छ। सम्मेलनमा बोल्दै सचिव मिन्कने अमेरिकी अन्तरिक्षमा आधारित इन्टरसेप्टर कार्यक्रम प्रारम्भिक सम्झौतादेखि उडान-तयार हार्डवेयरसम्म एक वर्षभन्दा कम समयमा पुगेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *