संविधान दिवसको भव्य समारोह टुँडिखेलमा सुरु

काठमाडौँ, ३ असोज । राष्ट्रिय दिवसका रूपमा मनाइने संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा भव्य र विशेष समारोह सुरु भएको छ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाहसहित सरकारका प्रमुखहरू, विशिष्ट पदाधिकारीहरू तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू उपस्थित छन्।

समारोहमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विभिन्न सांस्कृतिक झाँकी टोलीहरूले कवाज तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्नेछन्।

संविधान दिवसको अवसरमा देशभर तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *