तीन वटा प्रतिवेदनलाई मिलाएर एउटै साझा प्रतिवेदन बनाई सचिवालयमा पठाउने निर्णय

काठमाडौं, ४ असोज । नेकपा (एमाले) मा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने वा नेतृत्व परिवर्तन गर्ने भन्ने एजेण्डाको बहस चलिरहेका बेला एमाले सचिव पद्मा अर्यालले सो एजेण्डाको अन्त्य भएको जानकारी दिनुभएको छ । एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले नेताहरूले बनाएका तीन वटा प्रतिवेदनलाई मिलाएर एउटै साझा प्रतिवेदन बनाई सचिवालयमा पठाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

यसअघि नेताहरू रामबहादुर थापा, शङ्कर पोखरेल र प्रदीप ज्ञवालीले तीन अलग प्रतिवेदन मस्यौदा तयार गरेका थिए। आज बसेको कार्यदल बैठकले कार्यदलले साझा प्रतिवेदन बनाएर सचिवालयमा पठाउने र बाँकी निर्णय सचिवालयले गर्ने जानकारी दिनुभयो ।

‘अहिले कार्यदलले नेतृत्व पुनर्गठनसँग जोडिएको चिज पेस गर्दैन’, अर्यालले भन्नुभयो, ‘कार्यदल संयोजकले पेस गरेको प्रतिवेदन मस्यौदालाई हामीले केही परिमार्जन गरेर साझा दस्ताबेजका रूपमा प्रतिवेदन बनाएर पार्टीलाई बुझाउँदैछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *