एमालेले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउन पार्टीलाई सिफारिस गर्ने
काठमाडौं, ४ असोज । नेकपा (एमाले) को १५ सदस्यीय कार्यदलले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउन पार्टीलाई सिफारिस गर्ने भएको छ । आज बसेको कार्यदल बैठकले यस्तो निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक डाक्ने विषयमा पार्टीलाई सुझाव दिने सर्वसम्मत निर्णय गरेको जानकारी दिनुभयो ।
