असोज ८ देखि १२ सम्म भारी वर्षाको पूर्वानुमान, लुम्बिनीमा सबैभन्दा बढी जोखिम

काठमाडौँ, ४ असाेज । असोज ८ गतेदेखि १२ गतेसम्म नेपालमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

मौसमविद्हरूका अनुसार बङ्गालको खाडीमा विकास भइरहेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा पर्न सक्ने देखिएको हो। विशेषगरी असोज ९ र १० गते अर्थात् शुक्रबार र शनिबार भारी वर्षाको जोखिम बढी देखिएको छ।

पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्मै वर्षाको सम्भावना देखिए पनि लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना तीनवटै मौसम मोडलले देखाएका छन्। विभिन्न मोडलले चारदेखि पाँच दिनमा ५०० मिलिमिटरसम्म वर्षा हुनसक्ने प्रक्षेपण गरेका छन्, जुन एकैदिनको वर्षा भने होइन।

लामो समयसम्म भारी वर्षा भए बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्। जल तथा मौसम विज्ञान विभागले पनि प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाएको छ। वर्षाको मात्रा र प्रभावित क्षेत्रबारे मौसम नजिकिँदै जाँदा थप स्पष्ट जानकारी आउने विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *