राष्ट्र बैंकले ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गर्दै
काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान गरेको छ ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम उठाउन बोलकबोल आह्वान गरेको हो ।
बोलकबोलमा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार सहभागी संस्थाले न्यूनतम रु १० करोड र अधिकतम आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सक्नेछन् । बोलकबोल रकम रु १० करोडले भाग गर्दा निःशेष भाग जाने हुनुपर्नेछ ।
