सुनको मूल्य तोलामा २८ सय बढ्यो, चाँदी पनि महँगियो

काठमाडौं, १४ असोज । स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ४ हजार ४२५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *