पोखरामा स्कुल बस दुर्घटना: पाँचको मृत्यु, १४ घाइते

 

पोखरा, २३ असोज – पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्।

कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा तीन बालिका, एक बालक र एक स्थानीय व्यक्ति रहेका छन्। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ, जहाँ हाल १४ जनाको उपचार भइरहेको छ। दुर्घटनाग्रस्त बसमा १७ जना बालबालिका र एक स्थानीय व्यक्ति सवार रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *