सुनको मूल्य एकैदिन २९ सयले बढ्यो, कति पुग्याे तोलाको ?

काठमाडौं, २३ असाेज । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको हो।

महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर ४ हजार ४०५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *