गुल्मी चन्द्रागिरी समाजले कोजाग्रत प्रर्णिमाका दिन सराय नाच गर्ने
काठमाडौं, गुल्मी चन्द्रागिरी समाजले कोजाग्रत प्रर्णिमाका दिन सराय नाच गर्ने भएको छ । दसैँको एकादशीदेखि पूर्णिमामा विभिन्न तिथिका दिनहरूमा यो नाच नाचिन्छ। मुख्य गरेर गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान, कपिलवस्तु, रुपन्देही र दाङलगायत पश्चिमि पहाडी तथा तराईका बस्तीहरूमा यो नाच लोकप्रिय छ।
पञ्चेबाजाको तालमा हातमा मन्दिरमा चडाइएका खुकुरी, तरबार र खुँडा नचाउँदै यो नाच नाच्ने चलन छ । बाइसे–चौबिसे राज्यकालमा विजयको प्रतीक, युद्ध अभ्यास र हतियार पूजासँग जोडिएर यसको सुरुवात भएको मानिन्छ। ‘मौलिक संस्कृति बोकेको सराय नाच हराउँदै जान थालेपछि बुढापाकाले चिन्ता गर्न थालेका छन्, समाजकी उपाध्यक्ष रन्जु भण्डारीले भन्नुभयो, ‘नयाँ पुस्ताले यो नाच नाच्नेतर्फ चासो नदिँदा हराउँदै गएको छ ।
युवा पुस्तालाई हाम्रो संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने सन्देश दिनका लागि यो नाचको आयोजना गर्न लागेका हौँ ।’ उहाँका अनुसार यो नाच कार्तिक ८ गते गुर्जुधारा टेलिकमको पछाडि रहेको कालिका मन्दिर परिसरमा गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।
