नंखेल जग्गा विवादमा सूर्यविनायक नगरपालिकाले दियाे पूर्व एसएसपी विश्वेश्वरलाई अनधिकृत निर्माण कार्य रोक्न निर्देशन

भक्तपुर, ९ कात्तिक । सूर्यविनायक नगरपालिकाले वडा नं. ९ नंखेल,नलिन्चाेक स्थित कित्ता नं. १३०२ मा पूर्व एससपी विश्वेश्वर थापाले निर्माण गरिरहेकाे दुइतले फलामकाे ट्रष्ट निर्माणकार्य तुरून्त रोक्न निर्देशन दिएको छ। स्थानीय जग्गाधनीबीच विवाद उत्पन्न भएपछि नगरपालिकाले आधिकारिक स्वीकृतिबिना निर्माणकार्य अगाडि नबढाउन पत्राचार गरेको हो।

कित्ता नं. १३०२ मा विश्वेश्वर थापाले टहरा निर्माण गर्दा वडा नं. ९ नंखेल,नलिन्चाेक स्थित विष्णुहरि लोहला र कृष्ण खत्रीले आफ्नो जग्गा मिचिएको भन्दै नगरपालिकामा निवेदन दर्ता गराएका थिए। सोही निवेदनका आधारमा अमिन लीलाबहादुर थापाबाट गरिएको फिल्ड नापजाँच तथा नक्सा मिलानमा हालको भोगचलन र नक्साको क्षेत्रफलबीच भिन्नता पाइएको देखिएकाे छ तर पूर्व एससपी विश्वेश्वर थापाले जवरजस्ती निर्माणकार्य अगाडी बढाएकाे कारण सँधियार विष्णुहरि लोहला र कृष्ण खत्रीले नगरपालिकामा उजुरी गरेका थिए ।

नक्सा अनुसारको क्षेत्रफल र हाल भोगचलन गरिरहेको अवस्था मेल नखाएकाे र सँधियार विष्णुहरि लोहला र कृष्ण खत्रीकाे उजुरीपछि नगरपालिकाले हस्तक्षेप गरेको हो। नगरपालिकाकाे अनुगमनमा आधिकारिक स्वीकृतिबिना निर्माण कार्य अघि बढाइएको पाइएपछि नगरपालिकाले निर्माणकार्य राेक्न निर्देशन दिएकाे जनाइएकाे छ ।

सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यद्वारा हस्ताक्षरित पत्रमा जग्गा विवाद समाधान नभएसम्मका लागि तत्काल निर्माण कार्य रोक्न निर्देशन दिइएकाे छ। साथै, नियमानुसार नक्सा स्वीकृत गरेर मात्र निर्माण कार्य अगाडि बढाउन सम्बन्धित पक्षलाई जानकारी गराइएको छ। उक्त पत्रको बोधार्थ वडा नं. ९ को कार्यालय, विष्णुहरि लोहला र कृष्ण खत्रीलाई पनि पठाइएको छ।

नगरपालिकाले पत्रको अवज्ञा गरेमा निर्माण सामग्री समेत जफत गर्ने निर्देशन दिइएकाे जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *