मनोज केसी नेपाल प्रहरीको नयाँ महानिरीक्षक नियुक्त

काठमाडौं, १८ कात्तिक । सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी संगठनको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत छन्। उनी प्रहरी संगठनभित्र अपराध अनुसन्धानमा अनुभवी अधिकारीका रूपमा चिनिन्छन्।

यसैबीच, सरकारले वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाउने निर्णय गरेको छ। मन्त्रिपरिषद् स्रोतका अनुसार कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने तयारी गरिएको छ।

सरकारको निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *