देशभर मौसम मुख्यतया सफा, तराईमा हुस्सु र तुवाँलो

काठमाडौँ, १० मङ्सिर । देशभर हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बाँके र दाङलगायत तराईका अधिकांश भूभागमा हुस्सु तथा तुवाँलो लागेको छ । अन्य स्थानमा भने मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

यस्तै, आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।

भोलि बिहान भने उपत्यका र खोँचसहित तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *