मरिण गाउँपालिका सहकारी संजालद्वारा वृक्षाराेपण

पुन्य चौलागाईं

सिन्धुली, २१ साउन । सिन्धुलीकाे मरिण गाउँपालिका सहकारी संजालको आयोजना र मरिण गाउँपालिकाको समन्वयमा वृक्षाराेपण गरिएकाे छ ।

मदन भण्डारी राजमार्ग अन्तर्गतको मरिण गाउँपालिका वडा नम्बर ०६ को भुताहदेखि छाप बजारसम्म सडकको दायाँ बायाँ विभिन्न प्रजाती का ९५० थान बिरुवा वृक्षाराेपण गरिएकाे हाे ।

वृक्षाराेपण कार्यक्रममा मरिण गाउँपालिका अध्यक्ष बिमर्श मोक्तान, उपाध्यक्ष बिमला माझी र जिल्ला सहकारी संघ सिन्धुलीका अध्यक्ष नवराज कोइरालालगाएतको सक्रिय सहभागीता रहेकाे थियाे ।

वृक्षाराेपणमा मरिण गाउँपालिकामा कार्यरत कर्मचारी, इलाका प्रहरी कार्यालयलगाएत विभिन्न संघ सस्था, विद्यार्थी स्थानीय बुद्धिजिवी समाजसेवी सहभागी रहेको थियो ।

उक्त अभियान आगामी साउन २७ गते पुन: सन्चालन गरिने संजालका अध्यक्ष राजन थापा ले बताउनु भयो ।