मोरङकाे लेटाङमा १४ वर्षीया किशोरी बलात्कृत

मोरङ, २८ साउन । माेरङकाे लेटाङमा १४ वर्षीया किशोरी कलात्कृत भएका छन् ।

लेटाङ नगरपालिका-५ बस्ने २३ वर्षीय युवराज महराले सोही ठाउँकी १४ वर्षीया किशोरीलाई बलात्कार गरेकाे अभियोगमा शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

महराले ती किशोरीलाई साउन २० गते बेलुकी सोही ठाउँस्थित बाँसघारीमा लगि ललाई फकाई बलात्कार गरेकाे उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

लेटाङबाट प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *