एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, २२ कात्तिक । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो १२:४५ बजे बस्ने गरी बाेलाइएकाे छ ।

बैठकमा भूकम्पपछिको राहत, पुनः स्थापना बारे छलफल गर्ने एजेण्डाका साथै आसन्न मध्य पहाडी लोक मार्ग केन्द्रीत अभियानको बारेमा छलफल केन्द्रित हुनेछ ।

यस्तै बैठकले आगामी केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्नेछ ।