‘जनता हामीबाट अलिकति भ्रममा परेका छन्, त्यसलाई चिरेर अघि बढ्नुपर्छ’: अध्यक्ष ओली
काठमाडौँ, ५ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वैचारिक, सांगठनिक, गतिशील र अनुशासित पार्टी बनाउनुपर्ने बताउनुभएकाे छ। केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे ।
उहाँले विधिभित्र रहेर छलफलमा सहभागी हुन पनि आग्रह गर्नुभयाे ।
“जनता हामीबाट अलिकति भ्रममा परेका छन्, अलमलिएका छन्। यी भ्रमलाई हामीले चिरेर अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयाे, “ती भ्रमको पछि कुद्ने कुरा बहादुरी होइन। विपक्षीले भ्रम छरेका बेला हामीले त्यसलाई बल पुग्ने काम गर्नुहुँदैन।”
