‘पुनर्गठन’ को बेमौसमी बाजा इतिहासको जरा काट्ने मनसाय हो, नयाँ पुस्ताको पालुवा हुर्काएर अघि बढ्छुः ओली (प्रतिवेदनको पूर्णपाठ)
काठमाडौं, ५ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आजबाट जारी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । उहाँले प्रतिवेदनमा ‘एमाले फेरि उठ्छ, विगतको गौरवबाट मात्र होइन, भविष्यको स्पष्ट योजना र जनताको विश्वासको पुनर्निर्माणबाट उठ्छ’ भन्दै उहाँले कार्यकर्तालाई पूर्ण विश्वास दिलाउने प्रयास गर्नुभएको छ ।
त्यति मात्रै होइन उहाँले फागुन २१ गते सम्पन्न आम निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित पराजयको नैतिक जिम्मेवारी आफूले लिने भन्दै संकटका बेला मैदान छाडेर नभाग्ने प्रष्ट संकेत गर्नुभएको छ । उहाँले प्रतिवेदनमा पार्टीलाई पुनर्जागरण र पुनरुत्थानको बाटोमा डोर्याउने पनि प्रष्ट बताउनु भएको छ ।
बिरामी देखेर चिकित्सकले अस्पताल छाड्दैन भन्दै उहाँले बालीमा रोग देखेर किसानले खेत नछाड्ने पनि उदाहरण प्रस्तुत गर्नुभएको छ । उहाँले ती उदाहरण प्रस्तुत गर्दै संकटमा बेला नेतृत्वले संगठनलाई अनिश्चयमा छाड्नु नहुने तर्क गर्नुभएको छ । ‘म पदको निजी प्रतिष्ठाका लागि होइन, पार्टीको मनोबल र सुरक्षित राजनीतिक संक्रमणका लागि उभिएको हुँ,’ उहाँले भन्नुभएको छ । उहाँले पुनर्गठन’ को माग खारेज गर्ने पनि प्रष्ट संकेत दिनुभएको छ ।
आफूलाई विस्थापन गर्ने मनसायले ‘पुनर्गठन’ को बेमौसमी बाजा बजाइएको भन्दै त्यसलाई खारेज गरेको उल्लेख गर्नुभएको छ । ‘रूपान्तरण इतिहास मेट्ने नभई कार्यशैली, भाषा र निर्णय प्रक्रिया छरितो बनाउने प्रक्रिया भएको भन्दै उहाँले जरा काटेर नयाँ पालुवा नआउने दृष्टान्त उल्लेख गर्नुभएको छ । ‘इतिहास जरा हो, नयाँ पुस्ता पालुवा हो,’ उहाँले भन्नुभएको छ ।
ओलीको प्रतिवेदनको पूर्णपाठ
