दूरसञ्चार प्राधिकरणले गर्याे पत्राचार, २४ घण्टाभित्र टिकटक बन्द गराउन मातहतका निकायलाई पत्र

काठमाडौं, २७ कात्तिक । सरकारले टिकटक बन्द गराउने निर्णय गरेलगत्तै कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दुरञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।

मन्त्रालयका अनुसार सरकारले गरेको निर्णयको प्रतिलिपिसहित प्राधिकरणलाई सोमबार नै पत्राचार गरिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्बाट निर्णय भए लगत्तै नेपाल दूरसञ्जार प्राधिकरणलाई निर्णय कार्यान्वयनका लागि पत्राचार भइसकेकाे जनाएकाे छ । मन्त्रालयका सचिव कृष्णबहादुर राउतले प्राधिकरणलाई जतिसक्दो चाँडै टिकटक बन्द गर्न निर्देशन दिइएको हाे ।

प्राधिकरणले पनि मन्त्रालयले गरेको पत्राचार अनुसार नै टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीलाई पत्राचार गरेको जनाएकाे छ ।