क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने
काठमाडौं, २५ पुस । काठमाडाैं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ ।
काठमाडौं जिल्ला अदालतबाट पुस १३ गते दोषी ठहर गरिएका लामिछानेको सजाय तोक्न त्यसैदिन आज पेसी तोकिएको थियो ।
अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो ।
लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।