म्यान्मार सरकार चरम दमनमा उत्रेपछि रोहिंज्या विद्रोहीद्वारा एकतर्फी युद्धविराम घोषणा
म्यान्मार । आफ्ना गाउँ सेनाले जलाइदिएको रोहिंज्याले बताउँछन् तर म्यानमारले सेना आतंकवादीसँग लडिरहेको बताउँछ ।
रोहिंज्या मुस्लिम विद्रोहीहरुले सुदुर पश्चिममा उत्पन्न मानवीय संकटलाई सहज बनाउने प्रयत्न गर्न भन्दै म्यानमारमा आजदेखि शुरु हुनेगरी एकतर्फी युद्धविराम घोषणा गरेका छन्।
उत्तरी रखाइन राज्यमा एकमहिना लामो युद्धविराम घोषणा गरिएको हो।
आर्कन रोहिंज्या साल्भेसन आर्मी आर्साले २५ अगष्टमा प्रहरीमाथि आक्रमण गरेपछि सेनाले सैनिक कारवाही शुरु गरेको थियो।
जसका कारण सैनिक कारवाही शुरु भए यता तीन लाख रोहिंज्या छिमेकी बांग्लादेशतर्फ भागेका छन्।
रोहिंज्याहरु बौद्धमार्गी बहुल म्यानमारका मुख्यत मुस्लिम अल्पसंख्यक हुन्।
राज्यबिहीन रोहिंज्याहरुले रखाइन बौद्धमार्गी र सेनाले आफूहरु विरुद्ध गाउँ जलाउँदै क्रुर अभियान चलाएको बताउँछन्।