रौतहटमा मनि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार

काठमाडौं, २ चैत । राैतहतमा मनि ट्रान्फसरका सञ्चालकमाथि गोली प्रहार भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शिव मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथि गोली प्रहार भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एजिला गिरीले गोली चलाउने समूहलाई पक्राउ गरिएको बताउनुभयाे ।

पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको छ । घाइतेलाई भने उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।