एसिसी प्रिमियर कप
टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल
काठमाडौं, ७ वैशाख । एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
ओमनकाे अलअमरेत क्रिकेट ग्राउन्डमा युएईले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएकाे हाे ।
समूह ‘ए’ को विजेता नेपालले समूह ’बी’ को उपविजेता युएईसँग सेमिफाइनल खेल्न लागेको हो ।
समूह ’ए’ उपविजेता हङकङले समूह ’बी’ को विजेता ओमनसँग आजै सेमिफाइनल खेल्दैछ ।
समूह चरणमा नेपाल र ओमनले चार ओटै खेलमा जित हासिल गरिसकेका छन् । यूएई ३ खेलमा जित र एक खेलमा हार र हङकङ दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ ।
प्रतियोगिताको विजेता टोलीले २०२५ मा हुने एसिया कप खेल्न पाउनेछ ।