त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी, चालक आफैँले गाडीमा आगो लगाइएको आशंका

काठमाडौँ, ५ असोज । काठमाडौँको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिलिप घिमिरेले रिद्धिसिद्धी यातायातको बसमा चालकले आफैँ आगो लगाएको जानकारी दिए।

आगोमा परेर घाइते भएका चालकलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको एसएसपी घिमिरेले बताए। के–कति कारणले आगो लगाउन खोजिएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आगलागी भएको बस र चालकको विवरण भने अझै खुलेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *