भक्तपुरमा १६ वर्षीया किशोरीमाथि बलात्कार

भक्तपुर, १७ वैशाख । भक्तपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेकाे आराेपमा एक जना वृद्ध पक्राउ परेका छन् ।

भक्तपुर नगरपालिका-३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मी प्रसाद फाजुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

फाजुले ती बालिकालाई पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएकाे छ ।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।