हिक्मत कार्की कोशी प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त

विराटनगर, २७ वैशाख । नेकपा (एमाले) का हिक्मत कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका छन् ।

संविधानकाे धारा १६८ काे उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान कार्कीले एमाले र माओवादीका प्रदेश सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएकाे थियाे ।

कार्की संविधानको १६८ (५) अन्तर्गत नियुक्त हुनुभएकाे हाे। एमाले र माओवादीका ५२ जना प्रदेशसभा सांसदको स शरीर उपस्थितिमा हस्ताक्षर गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएकाे हाे ।

एमाले र माओवादी केन्द्रका ५२ सांसदकाे समर्थनमा उहाँ मुख्यमन्त्री नियुक्त हुनुभएकाे हाे । योसहित प्रदेश सरकारमा कार्की तेस्राेपटक मुख्यमन्त्री हुनुभएकाे छ ।