प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगन

काठमाडौँ, ४ जेठ । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सहकारीको रकम हिनामिना भएको विषयलाई लिएर संसदीय छानबिन समिति गठनको माग गर्दै बैठक अवरोध गर्दै आएको छ । साेही कारणले बैठक स्थगित भएकाे हाे ।

सभाको अर्को बैठक यही जेठ ६ गते बिहान ११ बजेका लागि तय भएको संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

यसअघि आज बिहान ११ बजे बस्ने गरी बैठक बोलाइए पनि सूचना टाँस गरी दिउँसो २ बजेका लागि तय भएको थियो । तर विशेष कारणले बैठक बस्न नसकेको भन्दै आजको बैठक स्थगत गरिएको संसद् सचिवालयले जनाएको छ ।