नेपालमा कोरोनाको भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि

काठमाडौं, ११ जेठ । नेपालमा कोरोनाको भेरियन्ट देखापरेकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोनाको भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको हाे ।

मन्त्रालयले काठमाडौंकै केही संक्रमितहरूको नमूना परीक्षणको क्रममा यो भेरियन्ट पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार ‘केपी.१’ र ‘केपी.२’ सब भेरियन्ट हो । यो नसर्ने र घातक नभएको उहाँले बताउनुभयाे ।